News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल लिगको पहिलो खेलमा सगरमाथा स्म्यासर्स विजयी भयो र अइमल खान प्लेयर अफ द म्याच बने ।
- अइमल खानले प्लेयर अफ द म्याचबापतको २० हजार रुपैयाँ बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने घोषणा गरे ।
- सगरमाथाका सबै खेलाडीले पहिलो खेलमा जर्सीमा प्रधानमन्त्री दैवी प्रकोप कोषको क्यूआर कोड राखेका थिए ।
१९ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो खेलमा सगरमाथा स्म्यासर्सले विजयी सुरुवात गर्दा प्लेयर अफ द म्याच बनेका सगरमाथाका अइमल खानले उक्त अवार्डबापतको रकम बाढीपीडितका लागि सहयोग गर्ने भएका छन् ।
पाकिस्तानका अइमलले प्लेयर अफ द म्याचमार्फत आएको २० हजार रुपैयाँ बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
यस्तै पहिलो खेलमा सगरमाथाका सबै खेलाडीले जर्सीमा प्रधानमन्त्री दैवी प्रकोप कोषको ‘क्यूआर कोड’ राखेका थिए ।
प्रतिक्रिया 4