+

एमबाप्पे पेनाल्टीमा चुकेपछि रियल मड्रिड पराजित

२०८३ भदौ  २० गते ८:२६ २०८३ भदौ २० गते ८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किलियन एमबाप्पेले अन्त्यतिर पाएको पेनाल्टीमा गोल गर्न नसक्दा रियल मड्रिड ला लिगामा रियल बेटिससँग पराजित भएको छ ।
  • बेटिसका ट्रोय पाराटले ८१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
  • यो हारसँगै रियलको यस सिजनको अपराजित यात्रा टुंगियो ।

२० भदौ, काठमाडौँ । किलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न असफल हुँदा रियल मड्रिड स्पानिस ला लिगामा शुक्रबार राती रियल बेटिससँग १-० ले पराजित भएको छ ।

एक गोलले पछि परेको स्थितीमा रियलले दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टी पाएको थियो । तर एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् ।

बेटिसका लागि ट्रोय पाराटले ८१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी ६८औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

खेलको अन्त्यतिर बेटिसका नाथनले भिनिसियस जुनियरलाई पेनाल्टी एरियामा फल गरेपछि रियलले पेनाल्टी पाएको थियो । तर बेटिसका गोलकिपर अल्भारो भालेसले एमबाप्पेको पेनाल्टी रोक्दै सानदार जित दिलाउन मदत गरे ।

यस सिजन रियलको यो पहिलो हार हो । जोसे मोउरिन्होको प्रशिक्षणमा सुरुवाती तिन खेल जित्दै सानदार सुरुवात गरेपनि रियलको शतप्रतिशत नतिजामा ब्रेक लागेको छ ।

चौथो खेलमा बेटिसको यो तेस्रो जित हो र ९ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । समान अंक भएको रियल गोल अन्तरमा अघि रहेर दोस्रो स्थानमा छ ।

 

रियल मड्रिड ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय