+
+
Shares

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् ।
  • च्यासलमा आयोजित कार्यक्रममा उनले औद्योगिक राष्ट्रका कार्बन उत्सर्जनका कारण नेपालजस्ता विकासशील देश प्रभावित भएको उल्लेख गरे ।
  • पोखरेलले पार्टी नेता र जनसङ्गठन बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहत वितरणमा खटेको बताए ।

२० भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् ।

एमाले विशेष सङ्गठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए ।

‘विकसित देशहरुले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपालजस्ता विकाशिल देशहरुमा परेको छ । त्यसबाट हिमाली मुलुक नेपाल प्रभावित भई बर्सेनि ठूलो धनजनको नोक्सान बेहोर्नुपरेको छ’, महासचिव पोखरेलले भने ।

उनले पार्टीका नेता तथा जनसङ्गठनहरु बाढी गएसँगै प्रभावित क्षेत्रमा पुगी उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर अहोरात्र खटेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?