+

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

२०८३ भदौ  २१ गते ९:०९ २०८३ भदौ २१ गते ९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एर्लिङ हालान्डको २८औं मिनेटको गोलमा म्यानचेस्टर सिटीले कोभेन्टी सिटीलाई १-० ले हराउँदै लगातार तेस्रो जित निकालेको छ ।
  • म्यानचेस्टर सिटी ३ खेलबाट ९ अंकसहित प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ ।
  • हल सिटीले एस्टन भिल्लासँग गोलरहित बराबरी खेल्दै ३ खेलबाट ७ अंकसहित दोस्रो स्थान कायम राखेको छ ।

२१ भदौ, काठमाडौं । एर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा कोभेन्टी सिटीलाई १-० ले पराजित गरेको छ ।

सिटीको यो लगातार तेस्रो जित हो र ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ ।

सिटीका लागि हालान्डले २८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यही गोल नै सिटीलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

यस्तै हल सिटीले एस्टन भिल्लासँग गोलरहित बराबरी खेल्दै अपराजित यात्रा कायम राखेको छ । हल ३ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा उक्लेको छ ।

एर्लिङ हालाण्ड प्रिमियर लिग म्यानचेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय