News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनको मिति एक साता पर सार्ने तयारी गरेको छ ।
- आज कार्यसम्पादन समितिको बैठकमा बाढी, बाटो अवरोध, आन्तरिक छलफल र तीजका कारण तालिका परिवर्तनबारे छलफल हुने छ ।
- कांग्रेसले केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजमै गर्ने तयारी राख्दै पुनरावलोकनका रिट फिर्ता लिएपछि मात्र मिति पर सार्न सकिने बताएको छ ।
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको वडा अधिवेशन एक साता पर सार्ने तयारी गरिएको छ ।
आज बस्ने कार्यसम्पादन समितिको बैठकमा तल्लो तहका अधिवेशनको मिति सार्न बारेमा छलफल हुने भएको छ ।
केन्द्रीय महाधिवेशनको मिति पूर्व घोषित समयमा हुने गरी तल्लो तहका अधिवेशनको कार्यतालिका परिवर्तन लागिएको हो ।
सभापति गगन थापाले आज दिउँसो १ बजेदेखि बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
१५औं महाधिवशेन १६ देखि १९ असोजसम्म गर्ने मिति तय गरिएको छ । आगामी बुधबार वडा अधिवेशन गर्ने गरी यसअघि कार्यतालिका बनाइएको थियो । कार्यसम्पादन समितिका एक सदस्यले वडा अधिवेशन एक साता पर सार्ने जानकारी गराए । यसअघि निर्धारित गरिएको समय तालिका परिवर्तन गर्नुमा चार कारण रहेको उनले बताए ।
बाढी, बाटो, आन्तरिक छलफल र तीजका कारणले वडा अधिवेशन प्रक्रिया एक साता ढिलो गर्न लागेको ती नेताले जानकारी गराए ।
१० भदौमा रसुवाको भोटेकशीमा आएको विनाशकारी बाढीमा पार्टी पंक्ति परिचालित हुने निर्णय कांग्रेसले गरेको थियो । रसुवा बाढी र त्यसपछि आएको वर्षाले ठाउँ ठाउँका सडकमार्ग अवरुद्ध भएका छन् । पार्टीभित्र सहमति गरी महाधिवेशन गर्नका लागि यही बीचमा आन्तरिक छलफलहरू पनि भइरहेको नेताहरूले जानकारी गराएका छन् ।
पूर्वउपससभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग संस्थापन पक्ष संवादको प्रक्रियामा रहेको जानकारी गराइएको छ ।
कांग्रेसले तल्लो तहको अधिवेशनको मिति तोकिएकै समयमा हरितालिका तीजको समय पनि परेको छ । वडा अधिवेशनको मिति सार्नुको कारणमा महिलाहरूको चाडपर्व पनि एक रहेको जानकारी गराइएको छ । यस वर्षको तीज २९ भदौमा परेको छ । पूर्व घोषित कार्यतालिकामा २७ भदौमा गाउँ/नगर अधिवेशनको मिति तोकिएको थियो । ३१ भदौमा प्रदेश सभा क्षेत्रीय अधिवेशनको कार्यतालिका थियो ।
कांग्रेसको अर्को पक्षले मंसिरमा गर्ने गरी महाधिवेशनको मिति तोकेका छ । साथै, अदालतमा पुनरावलोकनको मुद्धा विचाराधीन अवस्थामा छ । संस्थापन पक्षले केन्द्रीय महाधिवेशनको मिति तोकिएकै समयमा गर्ने गरी अघि बढेको छ । संस्थापन पक्षका शीर्ष तहका एक नेताले १६ देखि १९ असोजसम्म हुने महाधिवेशनको मिति एउटा कारणले मात्रै पर सर्नसक्ने अवस्था रहेको बताए ।
उनी भन्छन्, ‘पुनरावलोकनका लागि दुबै रिट फिर्ता लिनुपर्छ । मुद्धा फिर्ता लिएपछि सहमतिको वातावरण बनाउन केन्द्रीय महाधिवेशनको मिति अलि पर सार्न पनि सकिन्छ ।’
प्रतिक्रिया 4