0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपाको सिरहा नेतृत्वमा सहमति जुटेन, भोलि निर्वाचन हुने

निर्वाचन कार्यक्रमअनुसार भोलि बिहान १० बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन आयोगका कार्यवाहक निर्वाचन संयोजक डा. इन्द्रजित महतोले जानकारी दिए ।

सुरेश राय सुरेश राय
२०८३ जेठ २४ गते २०:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प्रथम जिल्ला अधिवेशनमा सहमति नजुट्दा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ ।
  • निर्वाचन आयोगका कार्यवाहक संयोजक डा. इन्द्रजित महतोका अनुसार भोलि बिहान १० बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुनेछ ।
  • जिल्ला सभापति पदका लागि वर्तमान सभापति हरिप्रसाद मैनाली, सुभाषकुमार यादव र रामसौगारथ यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।

२४ जेठ,सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प्रथम जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ। निर्वाचन कार्यक्रमअनुसार भोलि बिहान १० बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन आयोगका कार्यवाहक संयोजक डा. इन्द्रजित महतोले जानकारी दिए ।

शनिबार बिहान ८ बजेदेखि अधिवेशनको खुला सत्र सुरु भए पनि नेतृत्व चयनमा सहमति कायम हुन नसकेपछि निर्वाचन प्रक्रियालाई अघि बढाइएको उनले बताए ।

उनका अनुसार सिरहाका चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा समानुपातिक सांसद पुरुषोत्तम यादवलगायतका नेताहरूले पटक–पटक सहमतिको प्रयास गरे पनि सफल हुन नसकेपछि निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको हो।

डा. महतोका अनुसार निर्वाचनका अधिकांश प्रक्रिया पूरा भइसकेका छन् भने मतदाताको नामावली प्रकाशन गर्न मात्र बाँकी रहेको छ । आज रातिभित्र बाँकी सम्पूर्ण तयारी पूरा गरेर भोलि बिहान १० बजेदेखि सुरु गरिने उनले बताए।

जिल्ला सभापति पदका लागि वर्तमान सभापति हरि प्रसाद मैनाली, युवा नेता सुभाष कुमार यादव र राम सौगारथ यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उपसभापति पदका लागि ई. अरविन्द कुमार राम, जीवछ यादव, निमा कुमारी यादव र गीता शाही चुनावी मैदानमा छन्। सचिव पदमा रमेश कुमार यादव, राजेन्द्र मण्डल, परीतोष कुमार यादव र अमित राज राईबीच प्रतिस्पर्धा हुने भएको छ।

उम्मेदवारी दर्तापछि सहमतिको प्रयास जारी रहे पनि प्रमुख पदहरूमा एकभन्दा बढी आकांक्षी कायम रहेकाले अन्ततः नेतृत्व चयन निर्वाचन प्रक्रियामार्फत हुने भएको हो।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?