News Summary
Generated by OK AI. Editorially reviewed.- साउद एसिया रिजनल पार्लमेन्टरी फोरममा नेपालले जलवायु परिवर्तनसँग जुध्न दक्षिण एसियाली क्षेत्रीय सहकार्य आवश्यक रहेको विषय उठाएको छ।
- प्रतिनिधिसभा सदस्य तथा विकास समितिका सभापति आशिष गजुरेलले हिमाली देशका लागि जलवायु अनुकूलन पूर्वाधार र क्षेत्रीय ऊर्जा सहकार्यमा जोड दिनुभएको छ।
- नेपालले रसुवा बाढीका लागि क्षतिपूर्ति माग्दै ३१ अगष्टमा क्षति तथा नोक्सानी कोषको बोर्डलाई औपचारिक पत्र पठाएको गजुरेलले बताउनुभयो।
२१ भदौ, काठमाडौं । भुटानमा जलवायु परिवर्तनका कारण नेपालमा आएको बाढी र यसको विनासबारे अन्तर्राष्ट्रिय बहस भएको छ । साउद एसिया रिजनल पार्लियामेन्ट्री फोरममा जलवायु, ऊर्जा र वातावरणका मुद्दामा बहस भएको छ ।
कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य तथा विकास समितिका सभापति आशिष गजुरेल र प्रतिनिधिसभा सदस्य तथा कृषि तथा प्राकृतिक स्रोत समिति सभापति अशोक कुमार चौधरी सहभागी छन् ।
छलफलमा नेपालको तर्फबाट जलवायु परिवर्तनसँग जुध्न दक्षिण एसियाली क्षेत्रीय सहकार्य आवश्यक रहेको विषय उठाइएको छ । यो फोरमले नेपाल, भुटान, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका सांसदहरूलाई जलवायु, ऊर्जा र दिगो विकासका महत्त्वलाई प्राथमिकता दिन जोड दिएको छ ।
कार्यक्रममा सबै देशका पूर्वाधार विकास समिति र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापतिहरू सहभागी छन् ।
गजुरेलका अनुसार नेपालजस्ता हिमाली देशमा जलवायु अनुकूलन पूर्वाधार निर्माणमा जोड दिइएको छ । नेपालको नवीकरणीय ऊर्जा र जलविद्युत सम्भावनालाई क्षेत्रीय ऊर्जा सहकार्यसँग जोड्नु पर्ने विषय उठाइएको उनले बताए ।
अन्य देशका राम्रा अभ्यास र प्रविधिबाट नेपालले समेत सिकेर सोही अनुसार नीतिगत र संस्थागत क्षमता सुधार आवश्यक रहेको उनको भनाइ छ । छलफलमा नेपालको तर्फबाट रसुवा बाढीको सन्दर्भमा विश्व समुदायबाट सहानुभूति मात्र नभई क्षतिपूर्ति दिनुपर्ने कुरामा जोड दिइएको थियो । उनले नेपाल सरकारले क्षति तथा नोक्सानी कोषको बोर्ड समक्ष क्षति तथा नोक्सानी वापतको क्षतिपूर्ति माग गर्दै ३१ अगष्टमा औपचारिक पत्र समेत पठाएको छ ।
विपद्पछि क्षतिपूर्ति उपलब्ध गराउन विकसित मुलुकलाई आग्रह गर्ने सन्दर्भमा सबै दक्षिण एसियाली मुलुकहरुले हातेमालो गर्नुपर्ने विषय समेत नेपालले उठाएको छ ।
भुटानको भूमिका कार्वन उत्सर्जनमा नेगेटिभ छ । नेपाल र श्रीलंकाको योगदान नगन्य छ । तर, मारमा यी मुलुक परेको गुनासो सहभागी मुलुकका सांसदले गरेका छन्। गजुरेलका अनुसार छलफलमा सहभागी सांसदहरूले नेपालको विपद्प्रति सहानूभूति व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4