+
+
Shares

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

अर्को एक सन्देशमा, इजरायली सेनाले आगामी आक्रमणअघि नै अरब सलिमका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न चेतावनी दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली सेनाले हिजबुल्लाहको ड्रोन प्रहारपछि आइतबार दक्षिणी लेबनानमा आक्रमण शुरू गरेको र अरब सलिमका बासिन्दालाई क्षेत्र छोड्न चेतावनी दिएको छ।
  • सेनाले हिजबुल्लाहका दुई ड्रोनले दक्षिणी लेबनानको सुरक्षा क्षेत्रका इजरायली सैनिकलाई लक्ष्य बनाएको तर कुनै सैनिक घाइते नभएको जनाएको छ।
  • लेबनानका अधिकारीहरूका अनुसार शनिबारको इजरायली आक्रमणमा दक्षिणी र पूर्वी भागमा चार जनाको मृत्यु भएको छ।

२१ भदौ, जेरुसेलम (रासस/एएफपी) । हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ र ’अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

“हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, यस घटनामा कुनै पनि इजरायली सैनिक घाइते भएको खबर नआएको पनि सेनाले जनाएको छ ।

अर्को एक सन्देशमा, इजरायली सेनाले आगामी आक्रमणअघि नै अरब सलिमका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न चेतावनी दिइएको छ ।

“तपाईंहरू हिजबुल्लाह आतङ्कवादी सङ्गठनको एउटा अखडा वा संरचना नजिक हुनुहुन्छ, जसका विरुद्ध आईडीएफले कारबाही अघि बढाउँदैछ”, सेनाले टेलिग्राममा अरबी भाषामा लेखेको छ ।

इरान–समर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान मध्यपूर्वको द्वन्द्वमा तानिएको थियो । त्यसको जवाफमा इजरायलले हवाई आक्रमण र स्थलगत कारबाही गरेको थियो, जसमा चार हजार ३०० भन्दा बढी मानिसको ज्यान गएको लेबनानको दाबी छ ।

जुन महिनामा व्यापक द्वन्द्वका विषयमा अमेरिका र इरानबीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनानबीच भएको ढाँचागत सम्झौता पछि हिंसाका घटनामा केही कमी आएको छ ।

इजरायली सेनाले सीमा क्षेत्रबाट लेबनानभित्र करिब १० किलोमिटर (छ माइल) को गहिराइसम्म फैलिएको स्वघोषित सुरक्षा क्षेत्र भित्र कारबाही गरिरहेको छ ।

लेबनानका अधिकारीहरूले शनिबार बताएअनुसार इजरायली आक्रमणमा परी देशको दक्षिणी र पूर्वी भागमा चार जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?