+

काभा बिच भलिबलमा नेपालका भावना–सुनिताले जिते रजत पदक

२०८३ भदौ  २१ गते १६:०५ २०८३ भदौ २१ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभा बिच भलिबलमा नेपालका सुनिता राई र भावना डाँगीको जोडीले भुटानको थिम्पुमा भएको फाइनलमा रजत पदक जितेको छ।
  • फाइनलमा नेपालले पहिलो सेट २१–१७ ले जिते पनि दोस्रो र तेस्रो सेट २१–१५ र १५–५ ले गुमाएको छ।
  • पुरुषतर्फको उपाधि श्रीलंकाका दिलीपा सदुन मदुसंकाको जोडीले जितेको छ।

२१ भदौ, काठमाडौं । काभा बिच भलिबलको महिलातर्फ नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ ।

भुटानको थिम्पुमा भएको फाइनल खेलमा भारतका दीपिका–पवित्रा जोडीसँग पराजित हुँदा सुनिता–भावनाको जोडीले रजत पदकमा चित्त बुझायो ।

पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारेको नेपाली टोलीले दोस्रो र तेस्रो सेट गुमाउँदै स्वर्ण पदक जित्नबाट बञ्चित बन्यो । भारतीय टोलीले दोस्रो सेट २१–१५ र तेस्रो सेट १५–५ ले जित्दै स्वर्ण पदक हात पार्‍यो ।

नेपालको कमला पुन र कोपिला राना जोडी सेमिफाइनलमा भारतका दीपिका–पवित्रा जोडीसँग नै पराजित भएको थियो ।

पुरुषतर्फको उपाधि श्रीलंकाका दिलीपा सदुन मदुसंकाको जोडीले जितेको छ ।

नेपालबाट महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमन सिंह दर्जी र शरण कार्कीको जोडीले सहभागी भएपनि सेमिफाइनलसम्म पुग्न सकेनन् ।

काभा बिच भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय