+

एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित

२०८३ भदौ  २१ गते १९:०३ २०८३ भदौ २१ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगमा अन्नपूर्ण स्पाइकर्सले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो जित दर्ता गरेको छ।
  • त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले काठमाडौंलाई २५–२३, २८–२६ र २५–२३ ले पराजित गरेको हो।
  • यससँगै काठमाडौं रेड्सले लिगमा पहिलो हार बेहोरेको छ।

२१ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर्सले पहिलो जित दर्ता गरेको छ। काठमाडौं रेड्सलाई सोझो सेटमा पराजित गर्दै अन्नपूर्णले सिजनको पहिलो विजय हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अन्नपूर्णले काठमाडौंलाई २५–२३, २८–२६, २५–२३ को सेटमा हरायो।

तीनै सेटमा काठमाडौंले कडा चुनौती दिए पनि निर्णायक क्षणमा अन्नपूर्णले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो । विशेषगरी दोस्रो सेट २८–२६ ले जित्दै अन्नपूर्णले खेलको लय आफ्नो पक्षमा ल्याएको थियो ।

यस जितसँगै अन्नपूर्ण स्पाइकर्सले एनभीएलमा आफ्नो पहिलो जित दर्ता गरेको छ भने काठमाडौं रेड्सले पहिलो हार बेहोरेको छ ।

तस्वीरहरू : विकास श्रेष्ठ

अन्नपुर्ण स्पाइकर किङ्स एनभीएल काठमाडौं रेड्स नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय