+
+
Shares

वृद्धलाई बन्धक बनाएर डकैती, ५ जना पक्राउ

वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको आरोपमा पाँच जना रामेछापबाट पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामेछापमा वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
  • १८ भदौको राति खाँडादेवी–२ मझुवा नेवारटोलमा ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छी माया तामाङलाई बाँधेर लुटपाट गरिएको प्रहरीले बताएको छ ।
  • पक्राउ परेकामध्येबाट नगद, मोबाइल, मोटरसाइकल, ज्याकेट, हाफ कट्टु, सुनजस्तो औँठी र बुद्धचित्तका २२ दाना बरामद भएको प्रहरीले जनाएको छ ।

२२ भदौ, काठमाडौं । वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको आरोपमा पाँच जना रामेछापबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । पक्राउ परेका सुमन काठमाडौंको एक निजी विद्यालयमा चालकको रुपमा काम गर्छन् । उनको साथबाट २५ हजार नगद र मोबाइल, बा ७३ प ८७१२ को मोटरसाइकल बरामद भएको छ । दीर्घराज बसका सहचालक हुन् । उनको साथबाट ५२ हजार २ सय र डकैती गर्ने बेला लगाएको ज्याकेट र हाफ कट्टु समेत बरामद भएको छ ।

पशुपति भने मोटरसाइकल इनड्राइभ गर्ने व्यक्ति हुन् । उनीबाट पनि मोटरसाइकल र नगद ६ हजार ४६० रुपैयाँ बराम भएको छ । उनको लक्ष्मी सनराइज बैंकको खातामा १ लाख ३१ हजार रहेको पाइएके छ । पुराना सिक्का, सुनजस्तो औठी, बुद्धचित्तका २२ दान बरामद भएका छन् ।

पिताम्बर सुनचाँदी व्यवसाय गर्ने व्यक्ति हुन् । अर्का गुणराजबाट सुनका २ थान रिङ बरामद भएको छ । यो समूहले १८ भदौको राति १२ बजेतिर खाँडादेवी–२ मझुवा नेवारटोलस्थित ८५ वर्षीय बखतमान लामा र उनकी श्रीमती ८६ वर्षीया कान्छी माया तामाङलाई उनीहरुकै घरमा बन्धक बनाएर लुटपाट गरेको प्रहरीले बताएको छ ।

वृद्धवृद्धालाई प्लाष्टिकको टेपले मुखमा बाँधेर आँखामा पट्टी लगाएर ज्यान मार्ने धम्की दिँदै गरगरहना तथा नगद लुटेर लगेको रामेछापका इन्स्पेक्टर कमल राउतले बताए ।

पशुपतिले यसअघि रामेछापकै महादेव मन्दिरको दान पेटिका फुटाई चोरी गरेको पाइएको छ । १ असार २०८३ को राति सुन्दरी श्रेष्ठको करिब ३० किलोको खसी, ७ भदौमा रामबहादुर श्रेष्ठको १५ किलोको बोला समेत चोरीमा उनी संलग्न देखिएको इन्स्पेक्टर राउतले बताए ।

दीर्घराजले १४ पुस २०७८ मा रामेछापमै प्रहरीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलेको पाइएको छ ।पशुपतिको समूहले काठमाडौंको सिन सिक्री लुटटेको पाइएको छ । प्रहरी वृत्त कालिमाटीले मुद्दा समेत चलाएको पाइएको छ ।

अर्का गुणराजविरुद्ध प्रहरी वृत्त बौद्धबाट जुवा कसुरमा मुद्दा चलेको भेटिएको छ । यही समूहले १८ भदौ २०८३ को बिहान ६ बजेतिर रामेछापकै सुनापति गाउँपालिका–२ दिमीपोखरीमा ७५ वर्षीय इमान सिं तामाङको घरबाट ७८ हजार चोरी गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?