News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्ती र त्रिशूली तटीय क्षेत्र ध्वस्त बनाएको छ।
- बाढीमा १ हजार ३५५ जनाको शव फेला परेको, ४ हजार ९९६ जना सम्पर्कविहीन र ६ हजार ६७२ जना घाइते भएका छन्।
- बाढी प्रभावित क्षेत्रबाट हालसम्म करिब १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।
२२ भदौ, काठमाडौं । रसुवा बाढीको आज १३ औं दिन । यही भदौ १० गते भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी किनार आसपास ध्वस्त बनाएको छ ।
बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।
बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ३५५ जनाको शव फेला परेको छ । ४ हजार ९९६ जना सम्पर्कविहीन छन् । ६ हजार ६७२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट करिब १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।
यो अवस्थामा सरकारले गर्दै गरेको कामकारबाही र उद्धार, राहत वितरण तथा पुन: स्थापना लगायतका विषयमा सुरुका दिनदेखि नै अनलाइनखबरले खोज तथा रिपोर्टिङ गरिरहेको छ ।
रसुवा बाढीको रिपोर्टिङमा अनलाइनखबरका रिपोर्टरहरूले के देखे, के सुने र के महसुस गरे ? समाचारमा नआएका मानवीय कथा, पीडितका प्रश्न र घटनास्थलबाट फर्किएपछि उनीहरूको बुझाइमा आएको परिवर्तनबारे प्रधानसम्पादक बसन्त बस्नेतसँग लाइभ संवाद।
प्रतिक्रिया 4