+
+
Shares

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीसहित १५ जना को–को जाँदैछन् ?

प्रधानमन्त्रीको सुरक्षा टोलीमा रहेका नेपाली सेनाका दुई सैनिक अधिकारीहरू तथा एकजना नेपाल प्रहरीका अधिकृत पनि भ्रमण टोलीमा सहभागी हुने स्रोतले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते २१:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भएको छ।
  • प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्नेछन्, र उनको पालो १७ औं नम्बरमा रहेको छ।
  • रसुवा बाढीलाई जलवायु परिवर्तनको प्रभावसँग जोडेर नेपालले क्षतिपूर्ति उठाउने तयारी गरेको स्रोतले जनाएको छ।

२३ भदौ, काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलगायतको टोली सहभागी हुने प्रधानमन्त्री कार्यालय स्रोतले दियो ।

सो टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल, मन्त्रालयका दुई उपसचिव र एक शाखा अधिकृत पनि जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री कार्यालयका प्रमुख सल्लाहकार बेनका अतिरिक्त प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदिप परियार तथा प्रधानमन्त्रीको मिडिया टिममा रहेका एक स्वकीय उपसचिव पनि जाँदै छन् ।

त्यस्तै, प्रधानमन्त्रीको सुरक्षा टोलीमा रहेका नेपाली सेनाका दुई सैनिक अधिकारीहरू तथा एकजना नेपाल प्रहरीका अधिकृत पनि भ्रमण टोलीमा सहभागी हुने स्रोतले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री खनाल, सचिव राई तथा महाशाखा प्रमुख राईसहितको टोली २० सेप्टेम्बरमा न्यूयोर्क प्रस्थान गर्ने छ । परराष्ट्रमन्त्री खनाल महासभामा हुने विभिन्न साइडलाइन मिटिङहरूमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाह भने २३ सेप्टेम्बरमा नेपालबाट प्रस्थान गर्नेछन् भने २४ सेप्टेम्बरमा महासभामा सम्बोधन गर्ने छन् ।

२४ सेप्टेम्बरका दिन दिउँसो ३ बजेदेखि राती ९ बजेसम्मको अवधिमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालई सम्बोधन गर्ने स्रोतले जानकारी दिएको छ ।

सो दिन महासभालाई संसारका २४ जना राज्य प्रमुख/सरकार प्रमुख वा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने र प्रधानमन्त्री शाहको पालो १७ औं नम्बरमा रहेको पनि स्रोतले जानकारी दिएको छ । त्यसो हुँदा महासभामा उनले सम्बोधन गर्ने समय अपराह्न ३ बजेदेखि ९ बजेभित्र हुने बताइएको छ ।

शुरुमा संयुक्त राष्ट्र संघको महासभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुनेगरी मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको थियो ।

तर, रसुवाबाढीबाट ठूलो जनधानको क्षति भएपछि प्रधानमन्त्री शाह नै महासभामा सहभागी हुन लागेका हुन् ।

खासगरी रसुवा बाढी जलवायु परिवर्तनको नाकारात्मक प्रभावस्वरुप आएका कारण नेपालले विश्व समुदायबाट त्यसको क्षतिपूर्ति पाउनुपर्ने विषयलाई प्रधानमन्त्रीले महासभामा उठाउने तयारी गरेको स्रोतले जानकारी दियो ।

त्यस अवसरमा नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न साइडलाइन कार्यक्रमहरू पनि राखेको स्रोतले बतायो । तर, ती बैठकमा भने प्रधानमन्त्री सहभागी हुने छैनन् ।

प्रधानमन्त्री शाह २४ तारिखमा सम्बोधन गरेपछि २५ तारिखमै नेपाल फर्कने पनि स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?