+
+
Shares

१६२ केजी गाँजा बोकेको कारलाई जिपको स्कर्टिङ, दुवै चालक पक्राउ

स्कर्टिङ गर्दै आएको गाडी रोक्न खोज्दा दुवै गाडीमा रहेका व्यक्तिहरू भाग्न खोजेका थिए । तर, प्रहरीले कार र जिप दुवैका चालकलाई नियन्त्रणमा लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते ८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरमा प्रहरीले बा.प्र.०१-०२५ च ०८७७ नम्बरको कारबाट १६२ केजी गाँजा बरामद गरेको छ।
  • विशेष सूचनाका आधारमा गरिएको जाँचमा कारको सिटमा प्लास्टिकले बेरिएको १३ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।
  • प्रहरीले कार चालक देवनारायण महतो र जिप चालक टेकबहादुर दोङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

२२ भदौ, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरस्थित भित्री सडक खण्डबाट प्रहरीले १६२ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान पौने ३ बजेको समयमा भाबरबाट खरङ्गा तर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नं. को कारबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

ग२च ६१५ नम्बरको जिपले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा रोकेर जाँच गरेको थियो । जाँचको क्रममा कारको सिटमा प्लास्टिकले बेरिएको १३ पोका गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

स्कर्टिङ गर्दै आएको गाडी रोक्न खोज्दा दुवै गाडीमा रहेका व्यक्तिहरू भाग्न खोजेका थिए । तर, कार चालक चितवनको माडी नगर पालिका-५ धोबाहाका ५६ वर्षीय देवनारायण महतो र जिप चालक चितवनको भरतपुर महानगरपालिका-२४ का ४८ वर्षीय टेकबहादुर दोङलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएर सोधपुछ गर्दा जिपमार्फत कारलाई स्कर्टिङ गरिएको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?