+

बाबर हायातको शतकमा हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

२०८३ भदौ  २३ गते १०:५० २०८३ भदौ २३ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाबर हायातले अविजित ११७ रन बनाएपछि हङकङले एसीसी प्रिमियर कपमा नेपालविरुद्ध ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको छ।
  • हङकङ एक समय १३३-७ को अवस्थामा रहे पनि बाबरले एहसान खानसँग अविजित १२८ रनको साझेदारी गरेका छन्।
  • नेपालका सन्दीप लामिछानेले ४ विकेट र शेर मल्लले ३ विकेट लिएका छन्।

२३ भदौ, काठमाडौं । बाबर हायातले शानदार अविजित शतक बनाएपछि हङकङले एसीसी प्रिमियर कपमा नेपालविरुद्ध २६१ रनको योगफल खडा गरेको छ ।

हङकङले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो । एक समय १३३-७ को अवस्थामा रहेको हङकङका लागि बाबर हायातले शतक बनाएर एहसान खानसँग १२८ रनको अविजित साझेदारी बनाए ।

बाबरले १२७ बलमा ७ चौका र ७ छक्का मद्दतले ११७ रन बनाएर नटआउट रहे भने एहसान ३४ रनमा नटआउट रहे । त्यसअघि शाहिद वासिफले ४५ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४४ रन दिएर ४ विकेट लिए । शेर मल्लले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट टोली बाबर हायत बाबर हायात

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय