News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
- कम्पनीका पदाधिकारीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत सहयोग रकम कोषमा हस्तान्तरण गरेका हुन्।
- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
२३ भदौ, काठमाडौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
दुवै कम्पनीले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टीकाराम न्यौपाने, पूर्वसञ्चालक विमल कुमार सावर्थिया, पूर्वसञ्चालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीन प्रकाश अधिकारी र कम्पनी सचिव कमल कुमार भारतीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत कोषमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने रकमले बाढी प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा समुदाय केन्द्रित विभिन्न सामाजिक कार्यमा समेत योगदान गर्दै आएको जनाएका छन् । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने कम्पनीहरूले प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया 4