News Summary
Generated by OK AI. Editorially reviewed.- आईपीएएसले नेपाल तामाङ घेदुङलाई रसुवाको भोटेकोशी बाढीपीडितका लागि ७ लाख रुपैयाँ सहयोग गरेको छ।
- आईपीएएसका प्रतिनिधिले संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङलाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
- अध्यक्ष तामाङले सहयोग रकम वास्तविक पीडितसम्म पारदर्शी र प्रभावकारी ढंगले पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
२४ भदौ, काठमाडौं । एसियाका आदिवासी जनजातिको ऐक्यबद्धता कोष (आईपीएएस) ले नेपाल तामाङ घेदुङलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ ।
आईपीएएसका प्रतिनिधिले उक्त रकम नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङलाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
आईपीएएसले उपलब्ध गराएको उक्त रकम १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग गर्ने फोनिज संघीय कोषाध्यक्ष अर्जुनबहादुर तामाङले जानकारी दिए ।
चेक हस्तान्तरण गर्दै आईपीएएसका कार्यकारी सदस्य डा. प्रतिमा गुरुङले घेदुङसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।
घेदुङका संघीय अध्यक्ष तामाङले प्राप्त सहयोग रकमलाई बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित वास्तविक पीडितसम्म पारदर्शी र प्रभावकारी ढंगले पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4