+
+
Shares

केराको भाउ घट्यो, प्रतिदर्जन कति ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार स्थानीय बजारमा नेपाली केराको भाउ प्रतिदर्जन २५ रुपैयाँ घटेको छ।
  • मंगलबार थोकमा प्रतिदर्जन १ सय ८० देखि २ सय २० रुपैयाँ रहेको केरा बुधबार १ सय ५० देखि २ सय रुपैयाँमा झरेको छ।

२४ भदौ, काठमाडौं । स्थानीय बजारमा केराको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार केराको भाउ घटेको देखाएको हो ।

आज बुधबार नेपाली केराको भाउ औसतमा प्रतिदर्जन २५ रुपैयाँ घटेको छ । हिजो मंगलबार केरा थोकमा प्रतिदर्जन न्यूनतम १ सय ८० देखि अधिकतम २ सय २० र औसत २ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज बुधबार भने प्रतिदर्जन न्यूनतम १ सय ५० देखि अधिकतम २ सय र औसत १ सय ७५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?