+
+
Shares

आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा उनले महानिरीक्षक कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभाको शून्य समयमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
  • उनले कार्कीमाथि करोडौंको भ्रष्टाचार र तल्लो दर्जाका प्रहरीको जुत्ता, मोजा खाइदिएको आरोप लागेको भन्दै छानबिन गर्न माग गरेका छन्।
  • सुनारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिमा कार्कीविरुद्ध भ्रष्टाचारका उजुरी चाङमाथि चाङ परेको दाबी गरेका छन्।

२६ भदौ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा उनले महानिरीक्षक कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ । करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ,’ सुनारले भने, ‘यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन ? उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइ राखिएको छ, यो सम्मानित सदनमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसद्का् सार्वजनिक लेखा समितिमा भ्रष्टाचार गरेको आरोपका उजुरीहरूको चाङमाथि चाङ थपिदै गएको दाबी पनि गरे ।

‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्तमा परिसक्नुभएको छ । तर, करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनकी श्रीमतीलगायत ठूलो अधिकारीमाथि लागेको छ,’ सांसद सुनारले भने, ‘करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिमा चाङमाथि चाङ खापिदै गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?