+
+
Shares

एमाले कार्यदल बैठकमा दुवै प्रतिवेदन पेस, भोलिबाट छलफल

नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेस भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १५:३५

२५ भदौ, काठमाडौं । नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेस भएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकमा संयोजक थापाले दुवै प्रतिवेदन पेस गरेका हुन् । महासचिव तर्फबाट तयार भएको र मेरो भन्दै थापाले प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार दुवै प्रतिवेदनमाथि छलफल गरेर एउटै बनाउने प्रयास हुनेछ । तर, प्रतिवेदनमाथि अध्ययन गर्न भनेर आजको बैठक स्थगित भएको छ।

‘आज प्रस्तुत भएका दुवै डकुमेन्टको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?