+

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

२०८३ भदौ  २६ गते १७:५० २०८३ भदौ २६ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि गोल्डस्टारलाई आधिकारिक फुटवेयर पार्टनरका रूपमा अनुबन्ध गरेको छ।
  • सम्झौतामा गोल्डस्टारकी शिवालिका राणा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका छन्।
  • राणाले गोल्डस्टारको नेपाली क्रिकेटसँगको सहकार्य निरन्तर रहेको बताइन् भने खड्काले यसले नेपाली ब्रान्ड र क्रिकेटबीचको सम्बन्ध बलियो बनाउने बताए।

२६ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले गोल्डस्टारलाई आफ्नो आधिकारिक फुटवेयर पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।

यस साझेदारी सम्झौतामा गोल्डस्टारका हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स शिवालिका राणा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे ।

सम्झौतासँगै गोल्डस्टारले एनपीएलको तेस्रो संस्करणभर सुदूरपश्चिम रोयल्सलाई आधिकारिक फुटवेयर साझेदारका रूपमा साथ दिनेछ। दुवै पक्षले नेपाली खेलकुद र घरेलु क्रिकेटको व्यावसायिक विकासमा सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

सम्झौतापछि राणाले गोल्डस्टारले नेपाली क्रिकेटसँगको सहकार्यलाई निरन्तरता दिइरहेको बताइन् । ‘गोल्डस्टारले यसअघि धनगढी प्रिमियर लिग (डीपीएल) मार्फत पनि नेपाली क्रिकेटमा लगानी गरेको थियो। सुदूरपश्चिम रोयल्ससँगको यो साझेदारी त्यसै यात्राको निरन्तरता हो। नेपाली क्रिकेटको व्यावसायिक विकास र नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा दिने अभियानमा हामी रोयल्ससँग सहयात्री बनेकोमा उत्साहित छौं’ राणाले भनिन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले यो साझेदारीले नेपाली ब्रान्ड र नेपाली क्रिकेटबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताए ।

‘गोल्डस्टार जस्तो स्थापित नेपाली ब्रान्ड सुदूरपश्चिम रोयल्ससँग जोडिनु हाम्रो लागि गर्वको विषय हो। तेस्रो संस्करणमा मैदानभित्रको प्रदर्शनसँगै व्यावसायिक रूपमा पनि बलियो यात्रा तय गर्ने हाम्रो लक्ष्य छ, र यो साझेदारी त्यस दिशामा महत्वपूर्ण कदम हुनेछ’ खड्काले भने ।

सुदूरपश्चिम रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय