News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ जम्मा भएको छ।
- आज साँझ ५ बजेसम्म विभिन्न नौ बैंकमा रु नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ जम्मा भएको कार्यालयले जनाएको छ।
- कोषका दुई बैंकको डलर खातामा रु दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ।
- भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपीडितलाई कोषबाट एक अर्ब रुपैयाँ निकासा गरिएको थियो।
२६ भदौ, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझ ५ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ जम्मा भएको हो।
त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा रु दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ।
राहत कोषबाट भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4