+
+
Shares

निलमको १७ दिनपछि कुशको शव बनाएर राम्दीघाटमा अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ७:३९

२८ भदौ, पाल्पा । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएकी पाल्पाकी निलम कार्कीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।

१७ दिनसम्म पनि कुनै पत्ता लाग्न नसकेपछि परिवारका सदस्यले रामनदी धाम राम्दीघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् ।

लामटाङ् राष्ट्रिय निकुन्जमा वन रक्षकको रूपमा कार्यरत कार्की बाढीपछि सम्पर्कबिहीन भएपछि परिवारका सदस्य र आफन्तले खोजीका लागि सबैतिर हारगुहार गर्दै आएका थिए ।

कार्कीको खोजीका लागि परिवार बाढी क्षेत्रमा पनि पुगेका थिए । तर, उनीहरुले निलमको न सास न लास फेला पारे ।

यसअघि १४औं दिनमा तानसेन-३ मा बस्दै आएका तिलक रानाको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो ।

भोटेकोशी बाढीमा पाल्पाका ११ जनासम्पर्कविहीन भएकोमा एक जना जिवितै र एक जनाको शव फेला परेको थियो । अन्य ९ जनाको भने हालसम्म कुनै पत्ता लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?