+
+
Shares

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज बिहान ट्रक पल्टिँदा चालक मकवानपुरका २६ वर्षीय अजय थिङको मृत्यु भएको छ।
  • डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक फलामको पाइप लोडसहित अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
  • दुर्घटनामा ट्रकका सहचालक सामान्य घाइते भएका छन् र राजमार्ग सञ्चालनमा रहेको छ।

२८ भदौ, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भएर सडकमा पल्टिँदा ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–६ निवासी २६ वर्षीय अजय थिङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा ट्रकका सहचालक भने सामान्य घाइते भएका छन्।

फलामको पाइप लोड गरिएको ट्रक सडकमा अचानक पल्टिएको एसपी कार्कीले बताए । ट्रकलाई दुर्घटनास्थलबाट हटाउने तयारी गरिएको छ । राजमार्ग भने सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?