+

पोखरा वारियर्सले जित्यो इन्डोर सुपर लिग सिजन–२ को उपाधि

२०८३ भदौ  २८ गते २२:१३ २०८३ भदौ २८ गते २२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा वारियर्सले कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंक प्रायोजित इन्डोर सुपर लिग क्रिकेट सिजन–२ को उपाधि जितेको छ।
  • काठमाडौँको भेलोसिटी एरिनामा शनिबार भएको फाइनलमा पोखराले बुटवल एम्पायरलाई १७ रनले पराजित गरेको छ।
  • अमित श्रेष्ठले ३ विकेटसहित ‘प्लेयर अफ द फाइनल’ उपाधि जिते भने हरिओम जोशी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए।

२८ भदौ, काठमाडौं । पोखरा वारियर्सले कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्डोर सुपर लिग क्रिकेट सिजन–२ को उपाधि जितेको छ ।

काठमाडौँस्थित भेलोसिटी एरिनामा शनिबार सम्पन्न फाइनलमा पोखराले बुटवल एम्पायरलाई १७ रनले पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहको प्रमुख आतिथ्यमा भएको खेलमा पहिले ब्याटिङ गरेको पोखराले ७९ रन बनाएको थियो ।

पोखराको इनिङ्स संकटमा रहेका बेला अमित श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याएका थिए । ८० रनको लक्ष्य पछ्याएको बुटवलका ब्याटरले भने लय समात्न सकेनन् । ब्याटिङपछि बलिङमा पनि चम्किएका अमितले तीन विकेट लिएपछि बुटवल लक्ष्यभन्दा १७ रनले पछि पर्दै उपाधिबाट वञ्चित भयो ।

सात दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो भने कुल ४९ खेल खेलिएका थिए । च्याम्पियन पोखराले पाँच लाख रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्‍यो। उपविजेता बुटवलले दुई लाख रुपैयाँसहित पदकमा चित्त बुझायो ।

अलराउन्ड प्रदर्शन गरेका अमित श्रेष्ठ ‘प्लेयर अफ द फाइनल’ घोषित भए । पोखराकै आश्रय बस्नेत उत्कृष्ट ब्याटर बन्दै १५ हजार रुपैयाँ प्राप्त गर्दा काठमाडौं कैलाश किंग्सका गौतम केसी उत्कृष्ट बलर घोषित भए ।

त्यस्तै, पोखराका हरिओम जोशी २५ हजार रुपैयाँसहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने भने काठमाडौंका सन्तोष रोकाया १० हजार रुपैयाँसहित ‘इमर्जिङ प्लेयर’ घोषित भए ।

इन्डोर सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय