+
+
Shares

१८ दिनदेखि बन्द पृथ्वी राजमार्ग बिहीबारदेखि  खुल्दै, आशावादी यातायात व्यवसायी

वैकल्पिक राजमार्गबाट यातायात सञ्चालनमा ल्याइएको भए पनि ठूला सवारीसाधन र लामो रुटको यातायात प्रभावित बनेको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृष्णभिर भासिएपछि १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग भोलि बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आउने तयारी छ।
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक पुनः सुरु भएसँगै पृथ्वी राजमार्ग हुँदै पूर्ववत सेवा सञ्चालन गर्न सदस्य संघ, समिति, कम्पनी र प्रालिलाई जानकारी गराएको छ।
  • महासंघका अनुसार राजमार्ग अवरुद्ध हुँदा यातायात व्यवसायीले करोडौं रुपैयाँ घाटा बेहोरेका छन् र यात्रुलाई समयमै गन्तव्य पुर्‍याउन कठिनाइ भएको छ।

३१ भदौ, काठमाडौं । पृथ्वी राजमार्गस्थित कृष्णभिरमा भोलि बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालने तयारी छ ।

राजधानीको लाइफलाइन मानिने मुख्य राजमार्गमा साढे दुई सातासम्म नियमित यातायात नचल्दा करोडौं घाटा बेहोरिरहेका यातायात व्यवसायी मर्मतपछि यातायात खुल्ने खबरसँगै आशावादी बनेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक पुन: सुरु भएसँगै पृथ्वी राजमार्ग हुँदै आफ्नो पूर्ववत सेवा सञ्चालन गर्न सकिने जानकारी आफ्ना सदस्य संघ, समिति, कम्पनी र प्रालिलाई गराएको छ ।

महासंघका अनुसार १८ दिनसम्म राजमार्ग हुँदै करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको छ । साथै, यात्रुलाई समयमा गन्तव्य पुर्‍याउन समेत कठिनाइ उत्पन्न भएको छ । कृष्णभिर १४ भदौमा भासिएको थियो । १ सय मिटर सडक भासिएको हो । जसमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याउन १८ दिन लागेको हो ।

यसबीच वैकल्पिक राजमार्गबाट यातायात सञ्चालनमा ल्याइएको भए पनि ठूला सवारीसाधन र लामो रुटको यातायात प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?