News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सको महिला भलिबलमा नेपालले आज इन्डोनेसियासँग अपरान्ह ४:०५ बजे नागोयाको पार्क एरेना कोमाकीमा खेल्दैछ ।
- समूह ए मा शीर्ष दुई टोली क्वाटरफाइनल पुग्ने भएकाले नेपाललाई इन्डोनेसियाविरुद्ध जित्नैपर्ने अवस्था छ ।
- नेपाल पहिलो खेलमा जापानसँग ३-० ले पराजित भएको थियो, र हारेमा समूह चरणबाट बाहिरिनेछ ।
१ असोज, काठमाडौं । २०औं एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा नेपालले आज इन्डोनेसियासँग खेल्दैछ ।
समूह ए मा रहेको नेपालका लागि क्वाटरफाइनल पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने आवश्यकता छ । नेपाल पहिलो खेलमै बलियो टोली जापानसँग ३-० को सेटमा पराजित भएको थियो ।
३ टोली मात्र समावेश रहेको यो समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनल प्रवेश गर्नेछन् । त्यसैले नेपाल पराजित भएमा भने समूह चरणबाट बाहिरिनेछ ।
नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार अपरान्ह ४:०५ बजे नागोयाको पार्क एरेना कोमाकीमा हुनेछ ।
२०औं एसियन गेम्सको महिला भलिबलमा एसियाका उत्कृष्ट १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
एसियन गेम्सको औपचारिक उद्घाटन कार्यक्रम सेप्टेम्बर १९ (शनिबार) भएपनि विभिन्न खेलका प्रतिस्पर्धाहरु भने त्यसअघि नै सुरु भइसकेको छ ।
२०औं एसियन गेम्समा आज देखि महिला क्रिकेट र टेकबलका खेलहरु पनि सुरु हुँदैछ ।
यस बाहेक आज बास्केटबल, फुटबल र मोडर्न पेन्टाथलनका खेलहरु पनि सञ्चालन हुनेछन् ।
प्रतिक्रिया 4