News Summary
Generated by OK AI. Editorially reviewed.- बुढानीलकण्ठ यू–१६ ब्वाइज टी–वान रग्बी प्रतियोगिताको उपाधि इन्टरनेसनल जोसेफ स्कुलले जितेको छ।
- फाइनलमा इन्टरनेसनल जोसेफ स्कुलले जोसेफ हाइस्कुललाई ३–० ले हराउँदै नगद ७ हजार रुपैयाँ पाएको छ।
- तेस्रो स्थानका लागि शिशु मिलन स्कुलले अमर स्कुललाई १–० ले पराजित गर्दै ३ हजार रुपैयाँ प्राप्त गरेको छ।
३ असाेज, काठमाडौं। बुढानीलकण्ठ यू–१६ ब्वाइज टी–वान रग्बी प्रतियोगिताको उपाधि इन्टरनेसनल जोसेफ स्कुलले जितेको छ।
नेपाल विद्यालय रग्बी आयोगको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–१०, आकाशेधारास्थित ह्यान्डबल बहुउद्देश्यीय खेलमैदानमा शुक्रबार भएकाे फाइनल खेलमा जोसेफ हाइस्कुललाई ३–० ले पराजित गर्दै जोसेफले उपाधि जितेको हो।
उपाधिसँगै इन्टरनेसनल जोसेफ स्कुलले नगद सात हजार रुपैयाँ प्राप्त गर्दा जोसेफ हाइस्कुलले पाँच हजार रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको उत्कृष्ट खेलाडी इन्टरनेसनल जोसेफ स्कुलका पासाङ शेर्पा घोषित भए। उनले ट्रफी प्राप्त गरे।
यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा शिशु मिलन स्कुलले अमर स्कुललाई १–० ले पराजित गर्यो। तेस्रो भएको शिशु मिलन स्कुलले तीन हजार तथा चौथो भएको अमर स्कुलले दुई हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको समापन समारोहमा बुढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई प्रमुख अतिथि तथा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे विशेष अतिथिका रूपमा उपस्थित थिए।
सो अवसरमा वडाध्यक्ष भट्टराईले बुढानीलकण्ठ नगरपालिका–१० रग्बीसहित विभिन्न खेलका लागि राम्रो सम्भावना बोकेको क्षेत्र रहेको बताए। उनले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न सकिने भएकाले आगामी दिनमा पनि यस्ता प्रतियोगिता सञ्चालनका लागि आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग रहने बताए।
यसअघि भएको उद्घाटन समारोहमा पूर्वऊर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथि तथा नेपाल रग्बी संघका अध्यक्ष डा. दीपक देवकोटा विशेष अतिथि थिए। प्रतियोगितामा १७ विद्यालयले सहभागिता जनाएका थिए।
प्रतिक्रिया 4