News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार काठमाडौंमा नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले संवेदनशील क्षेत्रमा रहेको बताइन्।
- उनले नेपालका समस्या र आवश्यकताप्रति दीर्घकालीन नीतिमार्फत सम्बोधन गर्नुपर्ने र विपद् व्यवस्थापनमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने जोड दिइन्।
- भण्डारीले नेपाल करिब ३ करोड जनसंख्याको देश भएको र दक्षिण तथा उत्तरतर्फका छिमेकीको जनसंख्या निकै ठूलो रहेको उल्लेख गरिन्।
३ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले संवेदनशील क्षेत्रमा रहेको बताएकी छिन् ।
शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले विशाल जनसङ्ख्या र विकसित मुलुकहरूको बीचमा नेपाल रहेको भन्दै देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताएकी हुन् ।
नेपालको जनसंख्या करिब तीन करोड रहेको र दक्षिण तथा उत्तरतर्फका छिमेकी मुलुकको जनसंख्या निकै ठूलो रहेको उल्लेख गर्दै उनले नेपालको भौगोलिक अवस्थिति र यसको संवेदनशीलतालाई दीर्घकालीन नीतिका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
‘भौगोलिक रूपले मात्रै होइन कि राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं । ठूलाठूला विशाल जनसंख्य्या भएको धेरै विकास गरेका देशहरूको बिचमा छौं । हाम्रा आवश्यकताहरू, हाम्रा समस्याहरू उहाँहरूले अलिकति दुई जनाले दुईतिरबाट अलिकति हात उठाइदिनुभयो भने सबै समस्या समाधान हुने जस्तो । हामी करिब ३ करोड जनसंख्यामा हौँला । र हाम्रो दक्षिण छिमेकी झन्डै डेढ अर्ब पुग्न लाग्यो । डाटामा एकैचोटि त नजाऊँ तर पनि अहिले करिब त्यो ठाउँमा पुगिरहेका छन् भने उत्तरतिर पनि त्यस्तै नै हो,’ उनले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र महत्त्वका हिसावले नेपाल सम्पन्न भएपनि विपद् तथा अन्य समस्याको दीर्घकालीन समाधान गर्न नसक्दा पटक–पटक तत्कालीन समस्या झेल्नुपरेको बताइन् ।
‘अब प्राकृतिक सुन्दरता र वास्तवमा यसको महत्वको हिसावले भने हामी सम्पन्न पनि छौं । तर त्यति हुँदाहुँदै पनि हामीलाई हुने हरेक समस्या हामीले दीर्घकालीन त्यसको समाधान गर्ने भन्दा पनि तत्काल तत्काल समस्याहरू आइपर्ने, विपद् आइपर्ने त्यो खालको हामीले झेलिरहेका छौँ र भौगोलिक हिसाबले र अह राजनीतिक हिसाबले दुवै हिसाबले चाहिँ हामी अति संवेदनशील क्षेत्रमा रहेका छौं, उनले भनिन् ।
नेपाल भौगोलिक तथा राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा रहेकाले विपद् व्यवस्थापनसहित दीर्घकालीन समस्या समाधानमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4