+
+
Shares

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले अनलाइनखबरसँग भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १८:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेपछि प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताए ।
  • एक जनाको तिघ्रामा गोली लागेको खबर आएको सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काले बताए ।
  • गोली किन चलेको भन्ने कारण खुलेको छैन, र प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको छ ।

३ असोज, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए ।

गोली के कारणले चलेको भन्नेबारे नखुलेको उनले बताए । ‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले अनलाइनखबरसँग भने ।

एक जनाको तिघ्रामा गोली लागेको खबर आएको सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काले बताए ।

उनले पनि घटनाको कारणबारे बुझ्ने काम भइरहेको बताए । स्थानीयहरूले गोली चलेको खबर गरेपछि प्रहरी त्यसतर्फ गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?