News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनको जेसीके फाइट नाइट १२३ मा घरेलु फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णयमा पराजित गरेका छन् ।
- शान्सी प्रान्तको लुलियाङमा १३५ पाउन्ड ब्यान्टमवेटमा प्रतिस्पर्धा गरेका आङ्देम्बेले तीनै राउन्डमा प्रभावशाली प्रदर्शन गर्दै जित निकालेका छन् ।
- यो जितसँगै आङ्देम्बेको लगातार तेस्रो जित दर्ता भएको छ ।
३ असोज, काठमाडौं । नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनमा भइरहेको जेसीके फाइट नाइट १२३ मा घरेलु फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णय (युनानिमस डिसिजन) अनुसार पराजित गरेका छन् ।
चीनको शान्सी प्रान्तस्थित लुलियाङमा भएको प्रतियोगिताको मेन कार्डअन्तर्गत १३५ पाउन्ड (ब्यान्टमवेट) मा प्रतिस्पर्धा गरेका आङ्देम्बेले तीनै राउन्डमा प्रभावशाली प्रदर्शन गर्दै निर्णायकहरूको सर्वसम्मत मतबाट जित निकाले ।
यो जितसँगै आङ्देम्बेको पछिल्लो रेकर्डमा लगातार तेस्रो जित दर्ता भएको छ । उनले पछिल्ला लडाइँहरूमा उत्कृष्ट लय कायम राख्दै आफ्नो व्यावसायिक करियरलाई थप मजबुत बनाएका छन् ।
सोमा फाइट क्लबबाट प्रशिक्षण गरिरहेका आङ्देम्बे अहिले यूएफसी दाबेदारका रूपमा हेरिएका नेपाली फाइटरमध्ये एक हुन् । उनी रोड टु यूएफसीमा प्रतिस्पर्धा गरिरहेका अर्का नेपाली फाइटर रवीन्द्र ढाँटसँगै प्रशिक्षण गर्दै आएका छन् ।
प्रतिक्रिया 4