+
+
Shares

जनकपुरमा एक घरमा आगलागी, जलेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते ७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोकस्थित घरमा गएराति आगलागी हुँदा ७० वर्षीय अवकाशप्राप्त शिक्षक किशोरी सहनीको जलेर मृत्यु भएको छ।
  • स्थानीयका अनुसार राति अचानक आगलागी हुँदा भाग्न नसकेका सहनीको मृत्यु भएको हो, भने उनकी नातिनी भागेर ज्यान जोगाएकी छन्।
  • प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गर्दै घटनास्थलमा अनुसन्धान गरिरहेको छ।

४ असोज, जनकपुरधाम । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो ।

राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-२ निवासी सहनी अवकास प्राप्त शिक्षक हुन् । उनकी नातिनीले भने भागेर ज्यान जोगाएकी छन् ।

विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ।

घटनास्थलमा अहिले अनुसन्धानको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?