+
२०औं एसियन गेम्स :

कप्तान चमारीको शानदार ब्याटिङमा श्रीलंका महिला क्रिकेटको फाइनलमा

२०८३ असोज  ४ गते १०:४० २०८३ असोज ४ गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चमारी अथापथुको अविजित ८३ रनमा श्रीलंकाले पाकिस्तानलाई ८ विकेटले हराउँदै एसियन गेम्स महिला क्रिकेटको फाइनलमा स्थान बनायो।
  • पाकिस्तानले आयशा जफरको ७१ रन र सवाल जुल्फिकरको ५४ रनमा १७७ रन बनाएको थियो।
  • श्रीलंकाले अब स्वर्ण पदकका लागि भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ।

४ असोज, काठमाडौं । कप्तान चमारी अथापथुले शानदार ब्याटिङ गरेपछि श्रीलंकाले एसियन गेम्सको महिला क्रिकेटको फाइनलमा स्थान बनाएको छ ।

आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै स्वर्ण पदक भिडन्त पक्का गरेको हो ।

पाकिस्तानले दिएको १७८ रनको बलियो लक्ष्य श्रीलंकाले १३ बल बाँकी छँदै २ विकेट मात्र गुमाएर भेटायो । चमारीले ५० बलमा ७ चौका र ६ छक्का मद्दतमा अविजित ८३ रन बनाइन् । हसिनी परेराले ४२ रन बनाइन् ।

पाकिस्तानका फतिमा सना र नसरा सन्धुले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनाएको थियो । आयशा जफरले ७१ तथा सवाल जुल्फिकरले ५४ रन बनाए ऽ

श्रीलंकाका लागि कप्तान चमारीसँगै सुगन्धिका कुमारी र काव्या कविनदीले १-१ विकेट लिए ।

श्रीलंकाले अब स्वर्ण पदकका लागि भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ ।

२०औं एसियन गेम्स एसियन गेम्स महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय