News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्सको पुरुष कराते कुमिते ६८ केजीमाथि मिनबहादुर तामाङले हङकङका चाउ का हिमलाई ४–१ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरे ।
- मिनबहादुर तामाङले तोयोहाशी जिम्नेसियममा राउन्ड अफ १६ को खेल जितेर क्वार्टरफाइनल पुगेका हुन् ।
- क्वार्टरफाइनलमा उनले ताजकिस्तानका मोहम्मद मिर्जोजोडासँग खेल्नेछन् ।
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष करातेमा नेपालका मिनबहादुर तामाङ क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
जापानको तोयोहाशी जिम्नेसियममा भएको कुमिते ६८ केजीमाथिको प्रतिस्पर्धाको राउन्ड अफ १६ को खेलमा हङकङका चाउ का हिमलाई हराउँदै मिनबहादुर क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।
उनले चाउलाई ४–१ ले पराजित गरे ।
अब उनले क्वार्टरफाइनलमा ताजकिस्तानका मोहम्मद मिर्जोजोडासँग खेल्नेछन् ।
प्रतिक्रिया 4