+

२०औं एसियन गेम्स : महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई हरायो

२०८३ असोज  ४ गते १४:१२ २०८३ असोज ४ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
  • ओकाजाकी चुओ सोगो पार्क जिम्नेसियममा नेपालले पहिलो सेट २५–२०, दोस्रो २५–१६ र तेस्रो २५–२० ले जितेको छ।
  • नेपालले अब ९ देखि १२औं स्थानका लागि हङकङसँग खेल्नेछ, र समूह चरणका दुवै खेल हारेपछि पदक दौडबाट बाहिरिएको छ।

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।

जापानको ओकाजाकी चुओ सोगो पार्क जिम्नेसियममा भएको खेलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो ।

नेपालले अब ९ देखि १२औं स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणका दुवै खेलमा पराजित भएको नेपाल पदक दौडबाट भने बाहिरिसकेको छ ।

२०औं एसियन गेम्स एसियन गेम्स महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय