News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री बालेन शाहले कांग्रेस नेताहरूलाई सिंहदरबारमा बोलाउनुभयो ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र विश्वप्रकाश शर्मासहित नेताहरूले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरे ।
- प्रधानमन्त्री शाह भोलि अपराह्न संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ ।
५ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कांग्रेस नेताहरू प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री शाहले कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका थिए ।
छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4