News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको उल्लेख गरे।
- ओलीले चीनको शान्तिपूर्ण उदयलाई ऐतिहासिक चरणको महत्वपूर्ण पक्ष बताउँदै एसियाको उदयले अवसर र चुनौती दुवै प्रस्तुत गरेको लेखे।
- उनले छिमेकीहरूसँग भारतका विभिन्न मुद्दाहरू समाधान नभएको पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरे।
५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिका र भारतबीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको टिप्पणी गरेका छन् ।
आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा चीनको शान्तिपूर्ण उदय ऐतिहासिक चरणको महत्वपूर्ण पक्ष भएको उल्लेख गरेका छन् ।
‘विश्व अर्थतन्त्र, नवप्रवर्तन र जनसङ्ख्याको केन्द्रबिन्दुका रुपमा एसियाको उदयले महत्वपूर्ण अवसर र विशिष्ट चुनौती प्रस्तुत गरेको छ,’ ओलीले भनेका छन्, ‘चीनको शान्तिपूर्ण उदय यस ऐतिहासिक चरणको महत्वपूर्ण पक्ष हो । भारतले पनि स्वतन्त्रता पश्चात् महत्वपूर्ण प्रगति हासिल गरेको छ र विश्व शक्तिको आकांक्षा राखेको छ ।’
यद्यपि, छिमेकीहरुसँग भारतका विभिन्न मुद्दाहरू समाधान नभएको ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनले यही प्रसंगमा थप्दै लेखेका छन्, ‘अमेरिका र भारत बीच बढ्दो सुरक्षा सहकार्यले सन्देह पैदा गरेको छ ।’
प्रतिक्रिया 4