+
+
Shares

राहत र पुन:स्थापनामा ढिला गरेर बाढीपीडितलाई अन्योलमा नराखियोस् : सचेतक धिताल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सचेतक क्रान्तिशिखा धितालले रसुवा बाढीपीडितलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराइन् ।
  • उनले मृतकको औपचारिक पुष्टि र कागजी प्रक्रिया नटुंगिँदा प्रभावित परिवार दोहोरो मारमा परेको भन्दै राहत र पुनर्स्थापनामा ढिलाइ नगर्न आग्रह गरिन् ।
  • धितालले बाढीपीडितको कानूनी हैसियत, सम्पतीको हक हस्तान्तरण र राज्यका सेवा–सुविधा उपभोगको अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले रसुवा बाढीपीडित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराएकी छिन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले राहत र पुनर्स्थापनामा ढिलाई गरेर प्रभावित नागरिकलाई अन्योलमा नराख्न आग्रह गरिन् ।  बाढीमा परी बेपत्ता भएका नागरिकका आफन्तले फेला पर्ने आशा त्यागेर कुशको आकृति बनाएर अन्तिम संस्कार गरिरहेको उनले बताइन् ।

‘रसुसा बाढीमा फसेका तथा मृत्यु भएकाका परिवारले फेला पर्ने आश मारेर कुशको आकृति बनाएर अन्तिम संस्कार गरिरहेका छन् । तर आश्रित परिवारको पुनरुत्थानमा भने अनेक बाधा परेको देखिन्छ । आफन्तजनको मृत्युले औपचारिकता र निश्चित कागजी प्रक्रियाको टुंगो नपाउँदा प्रभावित परिवार दोहोरो मारमा छन्,’ उनले भनिन् ।

उनले बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको मृत्युको औपचारिक पुष्टि तथा आवश्यक कागजी प्रक्रिया टुंगो नलाग्दा प्रभावित परिवारले दोहोरो पीडा भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन् ।

‘नागरिकको कानूनी हैसियत, सम्पतीको हक हस्तान्तरणलगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ । राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्व गरेर नागरिकलाई अन्योलमा राखिरहने छुट सरकारलाई हुनुहुँदैन,’ उनले भनिन् ।

उनले बाढीपीडित नागरिकको कानुनी हैसियत कायम गर्ने, सम्पतीको हक हस्तान्तरण गर्ने तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?