+
+
Shares

बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने– रोजगारीको सिन्डिकेट र बिचौलिया प्रथा रोक्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्तामा रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा रोक्न आग्रह गरेका छन्।
  • शाहले नेपाल–मलेसिया वैदेशिक रोजगारी मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष वार्ता गराउन आग्रह गरेका छन्।
  • इब्राहिमले पनि शोषणकारी परिपाटीको विरुद्धमा आफू रहेको भन्दै आफ्ना श्रममन्त्रीलाई नेपाली समकक्षीसँग छलफल गर्न निर्देशन दिने बताएका छन्।

६ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा रोक्न आग्रह गरेका छन् ।

उनले मलेसियाको रोजगारीमा धेरै समस्या रहेको र त्यसबाट नेपाली श्रमिकहरु प्रताडित रहेकोले समस्या समाधान गर्न ध्यानाकर्षण गराएका हन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग मंगलबार बिहान टेलिफोनमार्फत कुराकानी गरेका थिए ।

‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्रीले शाहले मलेसियाली समकक्षीसँग राखेको कुरा उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।’

प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन जोड दिएका छन् ।

मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेका थिए ।

यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दैै  यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिए ।

मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि यस्ता प्रबृत्तिको विरुद्धमा आफू रहेको उल्लेख गरेका छन् । ‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु । म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु’ मलेसियाली प्रधानमन्त्रीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?