+
+
Shares
एमाले केन्द्रीय कमिटी बैठक :

ठाकुर गैरेले ओलीलाई चुनौती दिँदै भने- सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्नुहोस्

उनले मंगलबारको बैठकमा भने,’ यदि यस्तो हो भने अरु पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाउँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न चुनौती दिएका छन्।
  • उनले बैठक सञ्चालनमा परम्परा तोडिएको भन्दै पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन नआइकन केन्द्रीय समितिमा थप छलफलको औचित्य नरहेको बताए।
  • सोमबारबाट सुरू भएको बैठकमा अध्यक्ष ओलीले आफैं बैठक चलाइरहेका छन् र गैरेले त्यसैको विरोध गरेका हुन्।

६ असोज, काठमाडौं । एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै यस्तै शैली कायम राख्ने हो भने सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न चुनौती दिएका छन् ।

बैठक सञ्चालनमा समेत परम्परा तोडिएको भन्दै उनले यस्तै शैलीले पार्टी चल्न नसक्ने धारणा राखेका थिए । ‘अब बैठक पनि आफैं चलाउने, स्वागत पनि आफैं गर्ने, नाम पनि आफैं बोलाउने! यो यसले राम्रो गरेन’

उनले मंगलबारको बैठकमा भने,’ यदि यस्तो हो भने अरु पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाउँ ।’

उनले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन बैठकमा ल्याउन माग गरेका छन् ।

यो प्रतिवेदन नआइकन केन्द्रीय समितिमा थप छलफलको औचित्य नरहेको उनको धारणा थियो ।

सोमबारबाट सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफैं बैठक चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?