+

२०औं एसियन गेम्स : महिला भलिबलमा नेपाल १२औं

२०८३ असोज  ६ गते १४:१५ २०८३ असोज ६ गते १४:१५
Photo Credit : AVC

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग ३–० ले पराजित हुँदै १२औं स्थानमा रह्यो ।
  • जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार ११औं स्थानको खेलमा मंगोलियाले नेपाललाई २५–२३, २५–१७ र २५–१३ ले हरायो ।
  • नेपालले ५ खेलमा एक मात्र जित निकाल्दै जापान, इन्डोनेसिया, हङकङ र मंगोलियासँग पराजय भोग्यो ।

६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ ।

जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो ।

मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो ।

५ खेलमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । समूह चरणमा जापान र इन्डोनेसियासँग पराजित भएको नेपालले ९ देखि १४औं स्थानका लागि भएको खेलमा कजाखस्तानलाई पराजित गरेको थियो ।

त्यसपछि हङकङ र मंगोलियासँग पराजित हुन पुग्यो ।

२०औं एसियन गेम्स एसियन गेम्स महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय