+

२०औं एसियन गेम्स : लगातार तेस्रो हारसँगै बाहिरियो पुरुष कबड्डी टोली

२०८३ असोज  ६ गते १६:४२ २०८३ असोज ६ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत पुरुष कबड्डीमा नेपाल इरानसँग ७६–२३ ले पराजित भई लगातार तेस्रो हार बेहोर्न पुगेको छ।
  • नेपाल यसअघि थाइल्यान्डसँग ५९–४८ र पाकिस्तानसँग ५८–४३ ले पराजित भएको थियो।
  • लगातार तेस्रो हारसँगै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको छ र अब समूह चरणको अन्तिम खेल मलेसियासँग खेल्नेछ।

६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष कबड्डीमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

जापानको तोकाइ सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाल इरानसँग ७६–२३ ले पराजित हुन पुग्यो ।

यो नेपालको लगातार तेस्रो हार हो । यसअघि थाइल्यान्डसँग ५९–४८ र पाकिस्तानसँग ५८–४३ ले पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेल मलेसियासँग खेल्नेछ ।

लगातार तेस्रो बेहोरेसँगै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको छ । नेपाल रहेको समूहमा पाकिस्तान र थाइल्यान्डले दुई खेलबाट समान ४ अंक बटुेलेका छन् ।

इरानले एक खेलबाट २ अंक जोडेको छ भने दुई खेल खेलेको मलेसिया अंकविहीन छ ।

२०औं एसियन गेम्स एसियन गेम्स कबड्डी एसियन गेम्स पुरुष कबड्डी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय