News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको लम्कीचुहा–४ गिधिनियामा ४० वर्षीय अबिराम जैसी र गौरीगंगा–८ लिक्मामा ५४ वर्षीय दुर्गाप्रसाद आचार्य मृत फेला परेका छन्।
- जैशी गिधिनियाको बलिया चोक जोड्ने कच्ची सडकखण्डमा र आचार्य घरनजिकैको धान खेतमा मंगलबार मृत अवस्थामा भेटिएका हुन्।
- घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
७ असोज, धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार लम्कीचुहा नगरपालिका–४ गिधिनियाका ४० वर्षीय अबिराम जैसी र गौरीगंगा नगरपालिका–८ लिक्माका ५४ वर्षीय दुर्गाप्रसाद आचार्य मृत अवस्थामा फेला परेका हुन् ।
जैशी गिधिनियाकै बलिया चोक जोड्ने कच्ची सडकखण्डमा मृत भेटिएको प्रहरीको भनाइ छ । आर्चाय आफ्नै घर नजिकै बाटो छेउको धान खेतमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4