News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष ५० मिटर बटरफ्लाईमा नेपालका अभिभ प्रधान हिट चरणबाटै बाहिरिएका छन् ।
- हिट–२ मा प्रतिस्पर्धा गरेका अभिभ आफ्नो हिटमा चौथो र समग्रमा ३१औं स्थानमा रहे ।
- यस स्पर्धामा शीर्ष ८ खेलाडी मात्र फाइनलमा पुग्ने प्रावधान थियो ।
८ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष ५० मिटर बटरफ्लाई पौडीमा नेपालका अभिभ प्रधानले राष्ट्रिय कीर्तिमान बनाएपनि हिट चरणबाटै बाहिरिएका छन् ।
हिट–२ मा प्रतिस्पर्धा गरेका अभिभ आफ्नो हिटमा २६.०५ सेकेन्डका साथ चौथो स्थानमा रहे । उनले यसअघि आफ्नै नाममा रहेको २६.४० सेकेन्डको कीर्तिमान तोडेका हुन् ।
समग्र नतिजामा भने उनी ३१औं स्थानमा रहेर बाहिरिए । हिट चरणबाट बाहिरिए पनि राष्ट्रिय कीर्तिमान बन्नु राम्रो नतिजा भएको प्रशिक्षक रत्न महर्जनले बताएका छन् ।
यस स्पर्धामा शीर्ष ८ खेलाडीले मात्र फाइनलमा स्थान बनाउने प्रावधान रहेकाले अभिभ हिट चरणबाटै बाहिरिएका हुन् ।
प्रतिक्रिया 4