+
२०औं एसियन गेम्स :

पुरुष कबड्डीमा नेपालको सान्त्वना जित

२०८३ असोज  ८ गते १३:५० २०८३ असोज ८ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियालाई ७३–५२ ले हरायो ।
  • नेपालले पहिलो हाफमा ३७–२१ को अग्रता बनाउँदै खेलमा २१ अंकको जित निकाल्यो ।
  • लगातार तीन खेलमा पराजित भएपछि नेपाल सेमिफाइनल होडबाट बाहिरिएको छ, र महिला टोलीले आज श्रीलंकासँग अन्तिम समूह खेल खेल्दैछ ।

८ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले सान्त्वना जित निकालेको छ ।

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३–५२ को जित हासिल गरेको हो ।

नेपालले पहिलो हाफमै ३७–२१ को बलियो अग्रता बनाएको थियो । दोस्रो हाफमा ३६–३१ को प्रतिस्पर्धा रहेपनि समग्रमा नेपाल २१ अंकले विजयी बन्यो ।

नेपाल यसअघि लगातार तीन खेलमा पराजित हुँदै सेमिफाइनल होडबाट बाहिरिइसकेको थियो ।

मलेसियामाथिको जितसँगै नेपालले समूह चरणको अन्त्य सान्त्वना जितसहित गरेको छ ।

महिला टोलीले आजै श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । महिला टोली सेमिफाइनल होडमा कायमै छ ।

२०औं एसियन गेम्स एसियन गेम्स कबड्डी एसियन गेम्स पुरुष कबड्डी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय