News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सअन्तर्गत महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ ३६ मिनेट २०.८४ सेकेन्डमा ११औं भएकी छन्।
- जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको प्रतिस्पर्धामा सन्तोषी पहिलो भएकी बहराइनकी यावी विनफ्रेडभन्दा ३ मिनेट ४१.६६ सेकेन्ड पछि परिन्।
- सन्तोषीले उक्त दौडमा दुई जनालाई मात्र पछि पारिन्।
८ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला १० हजार मिटर दौडको प्रतिस्पर्धामा नेपालकी सन्तोषी श्रेष्ठ ११औं स्थानमा फिनिस गरेकी छन् ।
जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको प्रतिस्पर्धामा सन्तोषीले निर्धारित दुरी ३६ मिनेट २०.८४ सेकेन्डमा पूरा गर्दै ११औं स्थानमा रहिन् ।
उनी पहिलो भएकी बहराइनकी यावी विनफ्रेडभन्दा ३ मिनेट ४१.६६ सेकेन्ड ढिला पुगिन् । सन्तोषीले दुई जनालाई मात्र पछि पार्न सकिन् ।
प्रतिक्रिया 4