News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्गिस्तानको इस्सिक–कुलमा भएको ब्रिक्स गेम्स ओपन विश्व हाप्किडो च्याम्पियनसिपमा बन्दना बस्नेतले रजत पदक जितिन् ।
- बन्दनाले ४९–५३ केजी तौल समूहको क्योरुगी विधामा प्रतिस्पर्धा गर्दै फाइनलसम्म पुगिन् ।
- फाइनलमा उनी रुसकी खेलाडीसँग पराजित भइन्, नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले जनाएका छन् ।
८ असोज, काठमाडौं । कीर्गिस्तानमा सम्पन्न ब्रिक्स गेम्स, ओपन विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालकी हाप्किडो खेलाडी बन्दना बस्नेतले रजत पदक जितेकी छन् ।
सेप्टेम्बर २२ देखि २४ सम्म कीर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा आयोजना भएको प्रतियोगितामा बन्दनाले महिला तर्फ ४९–५३ केजी तौल समूहको क्योरुगी विधामा प्रतिस्पर्धा गरेकी थिइन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भइन् ।
फाइनलमा बन्दना रुसकी खेलाडीसँग पराजित भएपछि रजत पदकमा सीमित भएको नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले जनाएका छन् ।
अध्यक्ष मगरले बन्दनाको प्रदर्शन र उपलब्धिप्रति खुसी व्यक्त गर्दै यो सफलता नेपाली हाप्किडोका लागि गौरवको विषय भएको बताए ।
उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता र उपलब्धिले हाप्किडोको विकास तथा प्रवर्द्धनमा थप उत्साह प्रदान गर्ने बताए ।
प्रतिक्रिया 4