+
+
Shares

कर्णालीमा लामो दूरीका सवारी बन्द

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज ९ गते १३:३५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारी वर्षा जारी रहँदा बाढी, पहिरो र सडक अवरोधको जोखिमका कारण कर्णाली प्रदेशमा लामो दूरीका सवारीसाधन पूर्ण रूपमा बन्द गरिएको छ।
  • सुर्खेत, नेपालगन्ज, जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, सल्यान र रुकुमतर्फ जाने लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
  • भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती राजमार्ग र मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरो, सडक भासिने र खोलानालामा पानीको बहाव बढिरहेको प्रहरीले जनाएको छ।

९ असोज, सुर्खेत । भारी वर्षा जारी रहँदा कर्णाली प्रदेशमा चल्ने लामो दूरीका सवारीसाधन पूर्ण रूपमा बन्द गरिएको छ । बाढी, पहिरो र सडक अवरोधको जोखिम उच्च रहेकाले यात्रु तथा सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउन लामो दूरीका सवारी रोकिएका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेत, नेपालगन्ज, जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट, डोल्पा, सल्यान र रुकुमतर्फ सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई सञ्चालनमा रोक लगाइएको छ ।

छोटो दूरीका स्थानीय सवारीसाधन भने सडकको अवस्था हेरेर सञ्चालन भइरहेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता सन्तोस सिह राठोरले बताए ।

वशेषगरी भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरो खस्ने, सडक भासिने र खोलानालामा पानीको बहाव बढिरहेको छ । शुक्रबार बिहानै देखि कर्णालीका सबै ठाउँमा नियमित वर्षा भईरहेको छ ।

लामो दूरीका सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र पर्ने सम्भावना भएकाले यातायात राखिएको छ । एकपटक सडक अवरुद्ध भएपछि पहाडी जिल्लामा तत्काल वैकल्पिक मार्ग उपलब्ध नहुने भएकाले सामान्य सडक अवरोधसमेत घण्टौँ वा दिनौँसम्मको यातायात समस्यामा परिणत हुन सक्ने भएकाले यातायात रोखिएको हो ।

जोखिम घटाउने निर्णय, तर पूर्वतयारी चुनौती

लामो दूरीका सवारी रोक्नु सम्भावित मानवीय क्षति न्यूनीकरणका दृष्टिले महत्वपूर्ण भए पनि सडक अवरोध भइसकेपछि उद्धार र यातायात सञ्चालन गर्नुभन्दा जोखिमयुक्त सडकखण्डको पहिचान, नियमित अनुगमन र पूर्वतयारी प्रभावकारी हुन सक्छ ।

प्रहरी, स्थानीय तह, सडक डिभिजन तथा यातायात व्यवसायीबीच तत्काल सूचना आदानप्रदान र समन्वय हुन सके यात्रु अलपत्र पर्ने अवस्था कम गर्न सकिन्छ। साथै, सडक खुलेको अवस्थामा पनि जोखिमयुक्त खण्डमा सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालन गर्ने व्यवस्था आवश्यक हुन्छ ।

भारी वर्षाको अवस्था सामान्य नहुँदासम्म कर्णालीका सडकमा यात्रा गर्ने यात्रुले सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्ने देखिन्छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?