+
२०औं एसियन गेम्स :

एसियन गेम्स ब्याडमिन्टन : रशिला, रिहाना र क्षितिज बाहिरिए

२०८३ असोज  १० गते ९:१८ २०८३ असोज १० गते ९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन गेम्सको ब्याडमिन्टन महिला सिंगल्समा नेपालकी रशिला महर्जन चीनकी वाङ झी यीसँग २–० ले पराजित भइन्।
  • पुरुष सिंगल्समा नेपालका क्षितिज खनाल इरानका निमा रोस्तामपोरलागाल्दानीसँग २–० ले पराजित भए।
  • दुवै हारसँगै एसियन गेम्सको ब्याडमिन्टन सिंगल्समा नेपालको चुनौती समाप्त भएको छ।

१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा नेपालका रशिला महर्जन, रिहाना शेरचन र क्षितिज खनाल दोस्रो चरणबाट बाहिरिएका छन् ।

महिला सिंगल्समा रशिला चीनकी वाङ झी यीसँग २–० को सोझो सेटमा पराजित भइन् । विश्वस्तरकी बलियो प्रतिद्वन्द्वीविरुद्ध रशिलाले प्रतिस्पर्धा गरे पनि २१-४ र २१-२ ले पराजित हुँदै अर्को चरणमा पुग्न सकिनन् ।

यस्तै, रिहाना श्रीलंकाकी वेइहेना लियानागे रनिथ्मा थिनुडीसँग २–० ले पराजित भइन् । रिहानाले दुवै सेटमा ९–२१ र ६–२१ को हार बेहोरेकी हुन् ।

यस्तै, पुरुष सिंगल्समा क्षितिज इरानका निमा रोस्तामपोरलागाल्दानीसँग २१–१४ र २१–९ ले पराजित भए । इरानी खेलाडीले २–० को जित निकाल्दै अन्तिम १६ मा स्थान बनाए ।

यससँगै एसियन गेम्सको ब्याडमिन्टन सिंगल्समा नेपालको चुनौती समाप्त भएको छ ।

२०औं एसियन गेम्स एसियन गेम्स ब्याडमिन्टन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय