+
+
Shares

सेलिना जेटली काठमाडौंमा, ‘मिस युनिभर्स नेपाल’ को मुख्य जज बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलिना जेटली 'मिस युनिभर्स नेपाल' र 'मिस अर्थ नेपाल' को फिनालेमा निर्णायकका रूपमा नेपाल आएकी छन्।
  • काठमाडौंमा आज साँझ हुने फिनालेमा १४ फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् र विजेता घोषणा हुनेछ।
  • आयोजक संगीता पुरीका अनुसार, मिस युनिभर्स नेपालले पुएर्तो रिको र मिस अर्थ नेपालले फिलिपिन्सको मनिलामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

काठमाडौँ । ‘मिस युनिभर्स नेपाल’ र ‘मिस अर्थ नेपाल’ को फिनालेमा निर्णायकको रुपमा सहभागिता जनाउन बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलिना जेटली नेपाल आएकी छन् ।

आज साँझ काठमाडौंमा आयोजना हुन लागेको फिनालेमा ती दुई टाइटलका विजेता घोषणा गर्ने कार्यक्रम छ । १४ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

फिनालेमा अभिनेत्री जेटलीले मुख्य निर्णायकको भूमिका निर्वाह गर्ने जानकारी आयोजक संस्था ग्लोबल ग्ल्याम भेन्चर्सकी निर्देशक संगीता पुरीले दिइन् । उनका अनुसार, जजको रुपमा सहभागी हुन मोडल मनिका विश्वकर्मा पनि नेपाल आएकी छन् ।

पुरीका अनुसार, छनोट भएका मिस युनिभर्स नेपालले पुएर्तो रिकोमा हुने मिस युनिभर्स र मिस अर्थ नेपालले फिलिपिन्सको मनिलामा हुने मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

‘मिस अर्थ नेपाल’ को टाइटल द हिडन ट्रेजरले छाडेयता पहिलोपटक घोषणा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?